Breaking
Interview

पोखराका व्यवसायी विवेक थापा चलचित्र निर्माणमा, ‘बाटुलो जून’मा सहनिर्माताको भूमिका

5 days ago • B.S. 2083 Mangsir 01Interview
bibek-anmol-1-.jpg

पोखरा । व्यापार व्यवसायमा सक्रिय पोखराका युवा व्यवसायी विवेक थापा चलचित्र निर्माणमा पनि जोडिएका छन् । इम्पोर्ट–एक्सपोर्ट व्यवसाय सञ्चालन गर्दै आएका थापाले चलचित्रप्रतिको आफ्नो रुचिलाई लगानी र सिर्जनात्मक सहकार्यमा रूपान्तरण गरेका हुन् ।

बाल्यकालदेखि नै चलचित्रप्रति रुचि राख्दै आएका थापा कलाकारहरूसँगको चिनजान र चलचित्र क्षेत्रसँगको निकटताका कारण यस क्षेत्रमा आकर्षित भएका हुन् । यही क्रममा निर्माता तथा कलाकार भुवन केसीसँगको भेटपछि उनले चलचित्र निर्माणमा सहकार्य गर्ने अवसर पाएका हुन् ।

भुवन केसीको निर्माणमा तयार भएको चलचित्र ‘बाटुलो जून’मा थापा सहायक निर्माताका रूपमा जोडिएका छन् । यसअघि उनले अनमोल केसी अभिनीत चलचित्र ‘जेरी अन टप’मा समेत लगानी गरेका थिए । ‘बाटुलो जून’ चलचित्र क्षेत्रमा उनको दोस्रो लगानी तथा सहकार्य हो ।

थापाका अनुसार चलचित्रमा लगानी गर्दा उनी सबैभन्दा पहिले कथालाई प्राथमिकता दिन्छन् । कथा मन परेपछि त्यसलाई अझ प्रभावकारी बनाउन सिर्जनात्मक सुझाव दिने गरेको उनको भनाइ छ । चलचित्रको निर्माण टोली, कलाकार र दर्शकमाझ पर्न सक्ने प्रभावलाई समेत उनले महत्त्व दिने गरेका छन् ।

व्यवसायबाट प्राप्त अनुभवलाई चलचित्र क्षेत्रमा उपयोग गर्ने सोच बनाएका थापा आगामी दिनमा पनि राम्रो कथा र बलियो निर्माण टोलीसँग सहकार्य गर्दै चलचित्र निर्माणमा निरन्तरता दिने योजनामा छन् ।

पोखरामै बसेर आफ्नो व्यवसाय सञ्चालन गर्दै नेपाली चलचित्र क्षेत्रमा समेत लगानी गरिरहेका थापाको यात्राले व्यवसायसँगै सिर्जनात्मक क्षेत्रमा रुचि राख्ने युवा उद्यमीको अर्को सम्भावनालाई उजागर गरेको छ ।