पोखराको ‘लेट मी इन कोरियन एस्थेटिक’ पहिलो वर्षमा प्रवेश

पोखरा । पोखरामा सञ्चालित ‘लेट मी इन कोरियन एस्थेटिक’ले स्थापनाको पहिलो वार्षिकोत्सव मनाउने भएको छ । कोरियन सौन्दर्य उपचार तथा छाला सेवासम्बन्धी सेवा प्रदान गर्दै आएको संस्थाले वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि विशेष छुट तथा उपहार कार्यक्रम सार्वजनिक गरेको छ ।
सन् २०२५ नोभेम्बर २१ देखि सेवा सुरु गरेको संस्थाले आगामी नोभेम्बर २६ मा पहिलो वार्षिकोत्सव मनाउन लागेको हो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवराम तिवारीका अनुसार वार्षिकोत्सवको अवसरमा सबै मेडि पिल सेवामा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै, सदस्यता लिने ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श उपलब्ध गराइनेछ भने ग्राहकका लागि निःशुल्क उपहार वितरण कार्यक्रमसमेत राखिएको छ ।
कोरियन एस्थेटिक सेवाको अवधारणाअनुसार सञ्चालनमा रहेको संस्थाले सौन्दर्य तथा छालासम्बन्धी सेवामार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।
पहिलो वार्षिकोत्सवका अवसरमा संस्थाले ग्राहकप्रतिको आभार व्यक्त गर्दै आगामी दिनमा पनि सेवा विस्तार र गुणस्तरमा ध्यान दिने जनाएको छ ।