Breaking
Article

क्यान्सरपीडितको सहयोगार्थ पोखरामा ‘टाइम्स नाइट–२०८३’ आयोजना हुने

17 days ago • B.S. 2083 Kartik 19
Times.jpg

क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले पोखरामा ‘टाइम्स नाइट–२०८३’ सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। टाइम्स मिडिया हाउस प्रालिको आयोजनामा आगामी कात्तिक २० गते साँझ चिप्लेढुङ्गास्थित गाउँघर दोहोरी साँझमा कार्यक्रम हुन लागेको हो।

गाउँघर दोहोरी साँझको प्रस्तुति तथा स्पेस डान्स स्टुडियोको सहकार्यमा हुने कार्यक्रममा चर्चित कलाकार दीपिका बैंम्बु मगर, कुमार पुन र जीवन दाहालको विशेष प्रस्तुति रहनेछ। यस्तै, दोहोरी साँझ र सारेगम कला केन्द्रका कलाकारले पनि सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ।

शुभदीपावली, छठ तथा नेपाल संवत्को शुभकामना आदानप्रदानसहित आयोजना हुने कार्यक्रम टाइम्स मिडियाको वेबसाइट टाइम्सपाटी डटकमबाट प्रत्यक्ष प्रसारणसमेत गरिने सञ्चारकर्मी सुशील नेपालीले जानकारी दिएका छन्।

साँझ साढे ७ बजेदेखि सुरु हुने कार्यक्रममार्फत मनोरञ्जनसँगै क्यान्सरपीडितलाई सहयोग जुटाउने लक्ष्य राखिएको छ।