Breaking
politics

२२ वर्षमा अदालतमा विचाराधीन मुद्दा पाँच गुणाभन्दा बढी

18 days ago • B.S. 2083 Kartik 18politics
Adalat mudda.jpg

नेपालका अदालतमा विचाराधीन मुद्दाको संख्या पछिल्लो २२ वर्षमा पाँच गुणाभन्दा बढीले बढेको छ।

सर्वोच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालका अनुसार २०६१ सालमा देशभरका अदालतमा ६४ हजार २८३ मुद्दा विचाराधीन रहेकामा २०८३ सालसम्म आइपुग्दा यो संख्या बढेर ३ लाख ५७ हजार ९४ पुगेको छ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा मेलमिलापसम्बन्धी ऐन संशोधन विधेयकमाथिको छलफलमा बोल्दै दाहालले मुद्दाको चाप घटाउन मेलमिलाप पद्धति विस्तार गर्नुपर्ने बताए।

उनका अनुसार विचाराधीन मुद्दामध्ये १ लाख ६७ हजारभन्दा बढी मेलमिलापबाट समाधान गर्न सकिने प्रकृतिका छन्। तर, हालसम्म मेलमिलापका लागि सिफारिस गरिएका ३१ हजार ७१२ मुद्दामध्ये ४ हजार ४५१ वटा मात्रै समाधान भएका छन्।

विदेशमा रहेका पक्षलाई समेत भिडियो कन्फरेन्समार्फत मेलमिलापमा सहभागी गराउने र स्थानीय तहबाट विवाद समाधान गर्ने व्यवस्था प्रस्ताव गरिएको उनले बताए।

प्रस्तावित संशोधनले अदालतको मुद्दाको चाप घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।