हेमजामा दोस्रो साहित्य महोत्सव आयोजना हुँदै, साहित्य र सिर्जनाको प्रवर्द्धनमा जोड
5 days ago • B.S. 2083 Mangsir 01Society
पोखरा । कास्कीको हेमजामा दोस्रो संस्करणको हेमजा साहित्य महोत्सव–२०८३ आयोजना हुने भएको छ । हेमजा क्षेत्रको पहिचान, साहित्य र सिर्जनाको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा हुन लागेको महोत्सवबारे जानकारी दिन सोमबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।
‘कास्कीको हेमजाको पहिचान, साहित्य र सिर्जनाको राष्ट्रिय अभियान’ भन्ने नारासहित आयोजना हुन लागेको महोत्सवले साहित्यिक गतिविधिको विकास तथा स्थानीय साहित्यिक पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्ने लक्ष्य राखेको छ ।
आयोजकले साहित्यकार, सर्जक, साहित्यप्रेमी तथा सर्वसाधारणलाई महोत्सवमा सहभागी हुन आग्रह गरेको छ ।
महोत्सवमार्फत साहित्यिक सिर्जना र प्रतिभालाई प्रोत्साहन गर्दै हेमजाको सांस्कृतिक तथा साहित्यिक पहिचानलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।