Article

गोरखाका बाढीपहिरो प्रभावित परिवारलाई ग्रीन डेभलपमेन्ट बैंकको राहत सहयोग Is this conversation helpful so far?

5 days ago • B.S. 2083 Aswin 29

धबार बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले गोरखाको आरुघाटस्थित विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई राहत सामग्री हस्तान्तरण

Gorkha.jpg

गोरखाको बूढीगण्डकी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारलाई ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले राहत सामग्री सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् व्यवस्थापन समितिमार्फत प्रभावित परिवारका लागि लत्ताकपडा, खाद्यान्न, ग्यास चुल्हो तथा बत्ती सहयोग गरेको हो। विपद्का कारण दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका परिवारको आधारभूत आवश्यकता पूरा गर्न र उनीहरूको कठिन परिस्थितिमा राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ। बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले गोरखाको आरुघाटस्थित विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो।