Sports

विवादित गखेप सदस्य सचिव शर्मालाई कारवाही गर्न गण्डकीका मुख्यमन्त्रीको आनाकानी

17 days ago • B.S. 2083 Aswin 20Sports

प्रतिवेदन पेस भएको डेढ महिना बितिसक्दा पनि कारबाही प्रक्रिया अघि नबढेको स्रोतको दाबी

gandaki khlkud.png

गण्डकी खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मामाथि कारबाहीको प्रक्रिया अघि बढ्न नसकेको विषय सार्वजनिक भएको छ । परिषद्मा पदक वितरणका क्रममा भएको भनिएको लापरबाही र अनियमितताबारे सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेको थियो । समितिको निष्कर्षकै आधारमा प्रदेशको न्यायाधिवक्ताको कार्यालयले समेत सदस्य सचिव शर्मामाथि कारबाहीका लागि राय दिएको बताइएको छ ।  प्रतिवेदन पेस भएको डेढ महिना बितिसक्दा पनि कारबाही प्रक्रिया अघि नबढेको स्रोतको दाबी छ । विभागीय मन्त्री रेखाकुमारी गुरुङले पनि शर्मालाई राजीनामा दिन आग्रह गरेको र नमानेपछि कारबाहीका लागि सिफारिस गरिएको बताउनुभएको छ ।

यसैबीच, सदस्य सचिव शर्मा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएको विषयसमेत विवादमा आएको छ । परिषद्को कार्यविधिले सदस्य सचिवलाई राजनीतिक दलको कार्यकारिणी पदमा बस्न तथा महाधिवेशन प्रतिनिधि बन्न रोक लगाएको बताइएको छ ।