Society

सुरक्षा परिस्थितिका कारण नेपाल एयरलाइन्सको दमाम उडान रद्द

15 hours ago • B.S. 2083 Kartik 05Society
Saudi.png

साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम–काठमाडौं उडान रद्द गरेको छ।

निगमले कात्तिक ७ गतेका लागि निर्धारित दुवैतर्फका उडान यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै रद्द गरिएको जनाएको हो।

साउदी अरेबियामा पछिल्लो समय विमानस्थल तथा ऊर्जा पूर्वाधार क्षेत्रमा भएका आक्रमणका घटनापछि सुरक्षा अवस्थाबारे चासो बढिरहेका बेला निगमले उडान स्थगित गर्ने निर्णय गरेको हो।

निगमका अनुसार साउदी अरेबियाको सुरक्षा अवस्थालाई नजिकबाट नियालिरहेको छ। परिस्थितिमा सुधार आएपछि आगामी उडानबारे यात्रुलाई जानकारी गराइनेछ।

उडान रद्द भएपछि दमाम जाने तयारीमा रहेका तथा दमामबाट काठमाडौं फर्किने यात्रुलाई टिकट र उडानसम्बन्धी पछिल्लो जानकारीका लागि निगमसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

साउदी अरेबियामा रोजगारीका लागि ठूलो सङ्ख्यामा नेपाली नागरिक रहेकाले उडान रद्द हुँदा त्यहाँ जाने र स्वदेश फर्किने यात्रु प्रभावित हुन सक्नेछन्। आगामी उडानको मिति भने सुरक्षा परिस्थितिको मूल्याङ्कनपछि तय गरिने निगमले जनाएको छ।