Society

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु

16 hours ago • B.S. 2083 Kartik 05Society

दशैँको टीका लगाउन लम्चीबाट भूमिकास्थानको ढाकाबाङ जाने क्रममा उनीहरू सवार लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल भूमिकास्थान नगरपालिका–२ स्थित सडकबाट तल जंगलमा खसेको प्रहरीले जनाएको छ।

Accident.png

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ।

प्रहरीका अनुसार भूमिकास्थान नगरपालिका–८ का ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यको दुर्घटनामा परी मृत्यु भएको हो। दशैँको टीका लगाउन लम्चीबाट भूमिकास्थानको ढाकाबाङ जाने क्रममा उनीहरू सवार लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल भूमिकास्थान नगरपालिका–२ स्थित सडकबाट तल जंगलमा खसेको प्रहरीले जनाएको छ।

रातिसम्म घर नफर्किएपछि आफन्तले उनीहरूको खोजी सुरु गरेका थिए। खोजी गर्ने क्रममा बिहीबार बिहान सडकभन्दा तल जंगलमा बाबु–छोरा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।