Society

पोखरा–२८ मा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना, ६ जनाको अवस्था गम्भीर

14 days ago • B.S. 2083 Aswin 23Society

गाडिको लिग फेलका कारण दुर्घटना भएको प्रारम्भिक जानकारी ।

1000109969.jpg

पोखरा। पोखरा महानगरपालिका–२८, ओख्लेमा शुक्रबार बिहान ६:२० बजे २१ जना विद्यार्थी बोकेको कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ।

दुर्घटनामा ६ जना विद्यार्थीको अवस्था गम्भीर रहेको र अन्य विद्यार्थी सामान्य घाइते भएको बताइएको छ। घाइतेहरूको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जानकारी दिनुभयो।