Society

जिल्ला प्रहरी कार्यालय कास्कीलाई २७ थान प्राथमिक उपचार बक्स हस्तान्तरण

6 days ago • B.S. 2083 Aswin 28Society

बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीको सभाहलमा आयोजित कार्यक्रममा उक्त सामग्री हस्तान्तरण

hastantaran3.jpg

कास्कीमा घाइतेहरूको तत्काल प्राथमिक उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कास्कीलाई २७ थान प्राथमिक उपचार बक्स हस्तान्तरण गरिएको छ। नेपाल शैक्षिक परामर्श संघ कास्कीको आयोजनामा बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीको सभाहलमा आयोजित कार्यक्रममा उक्त सामग्री हस्तान्तरण गरिएको हो। संघका अध्यक्ष ओमप्रकाश गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको प्रमुख उपस्थिति रहेको थियो। कार्यक्रममा संघका पदाधिकारीहरूले घटनास्थलमा सबैभन्दा पहिले पुग्ने प्रहरीलाई घाइतेहरूको प्राथमिक उपचार गर्न सहज बनाउने तथा सम्भावित क्षति न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले २७ थान प्राथमिक उपचार बक्स्तन्तरण गरेका हुन्। सामग्री ग्रहण गर्दै प्रहरी उपरीक्षक कार्कीले प्राथमिक उपचार बक्स प्रहरीका सवारीसाधनमा राखिने र विशेषगरी दुर्गम क्षेत्रमा हुने घटनामा तत्काल खटिने प्रहरीबाट घाइतेको प्रारम्भिक उपचारमा प्रयोग गरिने बताउनुभयो। उहाँले सहयोगका लागि नेपाल शैक्षिक परामर्श संघ कास्कीप्रति धन्यवादसमेत व्यक्त गर्नुभयो। यस सहयोगले विपद् तथा दुर्घटनाका घटनामा घाइतेलाई समयमै प्राथमिक उपचार उपलब्ध गराउने कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।