Public View

चाडपर्वमा बजार अनुगमन तीव्र, २९ फर्म कारबाहीमा

15 days ago • B.S. 2083 Aswin 22Public View

खरिद–बिक्री खाता र करसम्बन्धी मापदण्ड पालना नगर्ने १९ फर्मलाई १ लाख ९२ हजार रुपैयाँ जरिवाना

Morang Bazar.jpg

चाडपर्वको समयमा हुनसक्ने कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न मोरङमा बजार अनुगमन तीव्र पारिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा पछिल्लो १० दिनमा ७४ वटा व्यावसायिक फर्मको छड्के जाँच गरिएको छ। अनुगमनका क्रममा विभिन्न कसुर भेटिएका २९ फर्म कारबाहीमा परेका छन् भने ६ लाख ९२ हजार रुपैयाँ जरिवाना संकलन भएको छ।

खरिद–बिक्री खाता र करसम्बन्धी मापदण्ड पालना नगर्ने १९ फर्मलाई १ लाख ९२ हजार रुपैयाँ जरिवाना गरिएको छ।

लेबल नभएका, रि–प्याकेजिङ गरिएका तथा म्याद गुज्रिएका सामग्री बिक्री गर्ने पाँच फर्मलाई ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका तीन फार्मेसी सिल गरिएको छ।

यस्तै, विराटनगर–९ स्थित जयराम ट्रेडर्सबाट बिलबिजक नभएको ५ सय ४० किलो सुपारी बरामद गरिएको छ।