politics

राप्रपा गण्डकी अध्यक्षमा अर्जुन खनालको दावेदारी

17 days ago • B.S. 2083 Aswin 20politics

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय सदस्य अर्जुन खनालले गण्डकी प्रदेश अध्यक्ष पदमा आफ्नो दावेदारी घोषणा

raprapa gansaki.jpg

पोखरा — राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय सदस्य अर्जुन खनालले गण्डकी प्रदेश अध्यक्ष पदमा आफ्नो दावेदारी घोषणा गरेका छन् । खनालले बदलिँदो राजनीतिक परिस्थिति र नयाँ पुस्ताको अपेक्षालाई ध्यानमा राख्दै आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । उनले राप्रपा गण्डकीलाई संगठित, सक्रिय, अनुशासित, प्रविधिमैत्री र परिणाममुखी संगठन बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्। युवालाई पार्टीको सहभागितामा मात्र सीमित नराखी नीति, नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ । पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदा, कृषि, रोजगारी, उद्यमशीलता, युवा पलायन र सुशासनलाई प्राथमिकतामा राखेर स्पष्ट नीति तथा कार्ययोजना अघि बढाउने खनालले बताएका छन् । परम्परागत प्रतिक्रियामुखी शैलीभन्दा समयअनुकूल मुद्दा पहिचान र समाधानमुखी राजनीतिको आवश्यकता रहेको उनको भनाइ छ । अध्यक्ष पदलाई प्रतिष्ठाभन्दा जिम्मेवारीका रूपमा लिने बताउँदै खनालले पार्टीका नेता–कार्यकर्ता, युवा तथा शुभेच्छुकसँग सहयोग र समर्थनका लागि अपिल गरेका छन् । राप्रपा गण्डकी प्रदेशको अधिवेशन असोज २१ गते पोखरामा हुने बताइएको छ ।