Article

भारतीय अभिनेता नाना पाटेकरको निधन

15 days ago • B.S. 2083 Aswin 22

पाटेकरको निधनको यकिन कारण भने पोस्टमार्टमपछि मात्र स्पष्ट हुने

nana.jpg

भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार उहाँको आज बिहान गोवास्थित आफ्नै निवासमा निधन भएको हो। निवासमा अचेत अवस्थामा भेटिएपछि उहाँलाई अस्पताल लगिएको थियो।

चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआर दिएर बचाउने प्रयास गरे पनि उहाँलाई बचाउन नसकिएको बताइएको छ। अस्पतालका चिकित्सक डा. शेखर साल्करलाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले उहाँको निधनबारे समाचार प्रकाशित गरेको हो।

पाटेकरको निधनको यकिन कारण भने पोस्टमार्टमपछि मात्र स्पष्ट हुने बताइएको छ।

नाना पाटेकरले ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘अब तक छप्पन’ र ‘वेलकम’ लगायतका चर्चित फिल्ममा अभिनय गरेका थिए। उहाँको निधनले भारतीय चलचित्र क्षेत्र र उहाँका प्रशंसकमा शोक छाएको छ ।