Society

पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री र चालकको मृत्यु

5 days ago • B.S. 2083 Aswin 29Society

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पोखरा–१७ निवासी १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा–१७ विरौटामा बस्दै आएका कुमाललाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले दुवैलाई मृत घोषणा

pokhara accident.png

पोखरा । कास्कीको पोखरा महानगरपालिका–१७ स्थित बालोदय चोकमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालक गरी दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब ७ बजे सिद्धार्थ राजमार्गअन्तर्गत विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका ४५ वर्षीय कृष्ण कुमाललाई ठक्कर दिएको थियो। त्यसपछि अनियन्त्रित बनेको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पोखरा–१७ निवासी १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा–१७ विरौटामा बस्दै आएका कुमाललाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए। दुर्घटनाबारे कास्की प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।