Article

पर्यटन बोर्डले ल्यायो १ अर्ब ७० करोडको बजेट, खर्च क्षमता भने कमजोर

15 days ago • B.S. 2083 Aswin 22

बोर्डले पर्यटन सेवा शुल्कबाट मात्रै १ अर्ब १७ करोड रुपैयाँ आम्दानी हुने अनुमान

Paryatan board.jpg

नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको छ।

बोर्डले चालु आर्थिक वर्षको तेस्रो महिना चल्दै गर्दा नयाँ बजेट सार्वजनिक गरेको हो। गत आर्थिक वर्ष १ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन भए पनि बोर्डले ८९ करोड ४७ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको थियो। यो कुल बजेटको ५६ प्रतिशत हो।

यस वर्षको बजेट गत वर्षको विनियोजनभन्दा ११ करोड रुपैयाँले बढी छ।

बोर्डले पर्यटन सेवा शुल्कबाट मात्रै १ अर्ब १७ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ भने पदयात्रा पर्यटक सूचना व्यवस्थापन शुल्क अर्थात् टीम्सबाट ४ करोड ६६ लाख रुपैयाँ आम्दानीको लक्ष्य राखेको छ।

खर्चतर्फ कर्मचारीका लागि १५ करोड ६३ लाख र कार्यालय सञ्चालनमा १० करोड २१ लाख रुपैयाँ छुट्याइएको छ।

नयाँ सीईओ नियुक्ति नहुँदा बोर्ड अहिले नेतृत्वविहीन अवस्थामा छ।