Society

सुनिल श्रेष्ठको नेतृत्वमा सिद्धार्थ क्लबको नयाँ कार्यसमिति चयन

18 days ago • B.S. 2083 Aswin 18Society

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सहयोग

sunil2.png

पोखरास्थित सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।

पदभार ग्रहणसँगै अध्यक्ष श्रेष्ठले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा बालबालिकाको शिक्षाका लागि २ लाख रुपैयाँको ‘डिलबहादुर श्रेष्ठ स्मृति अक्षयकोष’ स्थापना गरेका छन् । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको कोषमा क्लबमार्फत आवश्यक सहयोग प्रदान गरिने जनाइएको छ।पदस्थापनाका अवसरमा विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गर्नुका साथै २०८२ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । वि.सं. २०४१ सालमा स्थापित सिद्धार्थ क्लबले शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका क्षेत्रमा काम गर्दै आएको छ । सेवा, सहकार्य र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै क्लबलाई थप प्रभावकारी बनाउने अध्यक्ष श्रेष्ठले प्रतिबद्धता जनाएका छन्।