Society

चाडपर्व लक्षित सुरक्षा जाँच कडा

14 days ago • B.S. 2083 Aswin 23Society

पोखरा महानगरपालिका–२५ हेम्जास्थित सुइखेतमा जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले विशेष जाँच गरेको छ।

WhatsApp Image 2026-10-09 at 3.21.26 PM.jpg

नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै कास्की प्रहरीले पोखरा भित्रिने मुख्य नाकाहरूमा सुरक्षा जाँच कडा बनाएको छ।आपराधिक गतिविधि नियन्त्रण र लागुऔषध तथा विस्फोटक पदार्थको ओसारपसार रोक्न प्रहरीले तालिमप्राप्त कुकुरसहित आकस्मिक जाँच अभियान सञ्चालन गरेको हो। यसैक्रममा पोखरा महानगरपालिका–२५ हेम्जास्थित सुइखेतमा जनपद र ट्राफिक प्रहरीको संयुक्त टोलीले विशेष जाँच गरेको छ। कास्की प्रहरीले चाडपर्व अवधिभर सुरक्षा अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै, सुरक्षित यात्राका लागि प्रहरीलाई सहयोग गर्न नागरिकसँग आग्रह गरेको छ।