प्रधानमन्त्री बालेन्द्र शाहको संयुक्त राष्ट्रसंघ को बैठक मा बोल्दै ।
पशुपति नाथ ले बिश्व को रक्षा गरुन , बिश्व भगवान बुद्ध को बाटो हिडोस ।

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पूँजी बजारलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभएको छ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पूँजी बजारका सरोकारवाला संस्था तथा नियमनकारी निकायका प्रतिनिधिहरूका साथ भएको छलफलमा उहाँले पूँजी बजारमार्फत उद्यमशीलताको विकास, रोजगारी सिर्जना र लगानीमैत्री वातावरण निर्माण गर्नु सरकारको मुख्य लक्ष्य रहेको बताउनुभयो।
प्रधानमन्त्रीज्यूले राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर अनियमितता र गलत कार्यप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पार्दै नेपालको पूँजी बजारलाई थप व्यावसायिक, पारदर्शी र मर्यादित बनाउन सबै पक्षलाई सहकार्यका साथ अघि बढ्न आग्रह गर्नुभयो।
"राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्छ, तर अनियमितता र गलत कार्यप्रति शून्य सहनशीलताको नीति अपनाइनेछ," उहाँले भन्नु भयो ।
छलफलका क्रममा पूँजी बजारका सरोकारवालाहरूले कानुनी, नीतिगत, संस्थागत तथा प्रणालीगत सुधारका लागि विभिन्न सुझावहरू प्रस्तुत गर्नुभएको थियो। नियमनकारी निकायका प्रतिनिधिहरूले ती सुझावलाई कार्यान्वयनयोग्य बनाउँदै पूँजी बजार सुधारका लागि आवश्यक नीति, कानुन तथा प्रणालीगत सुधारलाई चरणबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।