Breaking
Society

ECEC Innovation in Education को रजत जयन्तीमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै

11 days ago • B.S. 2083 Kartik 16Society
WhatsApp Image 2026-11-02 at 12.59.52 PM.jpg

शिक्षा क्षेत्रमा नवप्रवर्तन, अनुसन्धान र सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले ECEC Innovation in Education ले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने भएको छ।

संस्थाको २५औँ वार्षिकोत्सव अर्थात् रजत जयन्तीका अवसरमा आगामी नोभेम्बर १३ (२०८३ कात्तिक २७ गते) ललितपुरस्थित द ब्रिटिस स्कुलमा सम्मेलन आयोजना हुन लागेको हो।

सम्मेलनमा नेपाल तथा युरोपका तीन जना मुख्य वक्ताले आफ्नो अनुभव, विज्ञता र अनुसन्धानका निष्कर्ष प्रस्तुत गर्नेछन्। यस्तै, शैक्षिक विषयमा आधारित कार्यशाला तथा अनुसन्धानमूलक लेख प्रस्तुतिका सत्रसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

सम्मेलनमा शिक्षाविद्, शिक्षक, अनुसन्धानकर्ता तथा विभिन्न शैक्षिक संस्थाका प्रतिनिधिहरूबीच शिक्षण अभ्यास, नवीन विचार र अनुसन्धानका विषयमा अनुभव आदानप्रदान हुनेछ।

ECEC Innovation in Education ले विगत २५ वर्षदेखि प्रारम्भिक बाल्यावस्था शिक्षा, शिक्षक तालिम तथा शिक्षण–सिकाइको गुणस्तर अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएको छ।

संस्थाको रजत जयन्तीका अवसरमा आयोजना हुन लागेको सम्मेलनले नेपालको शैक्षिक विकासमा योगदान पुर्‍याउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक समुदायबीच सहकार्य र सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको छ।

‘विचारदेखि प्रभावसम्म : नवप्रवर्तन, सहकार्य र शैक्षिक रूपान्तरण’ भन्ने नारासहित आयोजना हुने सम्मेलनमा शिक्षक, प्राध्यापक, शिक्षाविद्, अनुसन्धानकर्ता तथा शिक्षा क्षेत्रका सरोकारवालालाई सहभागी हुन आयोजकले आह्वान गरेको छ।