Breaking
Society

मदन भण्डारी फाउन्डेसन कास्कीले कात्तिक २१ गते सांस्कृतिक कार्यक्रम गर्ने

11 days ago • B.S. 2083 Kartik 16Society

पोखरा सभागृहचोकमा दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ

Madan 2.jpg

पोखरा, कात्तिक १३ । मदन भण्डारी फाउन्डेसन कास्कीले विभिन्न चाडपर्वको अवसर पारेर आगामी कात्तिक २१ गते पोखरामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनका अध्यक्ष माधव बास्तोलाले जानकारी दिनुभयो ।

पोखरा सभागृहचोकमा दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहनेछ ।

कार्यक्रममार्फत चाडपर्वको शुभकामना आदानप्रदान गर्नुका साथै नेपाली कला, संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

विविधतायुक्त नेपाली समाजमा चाडपर्वले आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै फाउन्डेसनले मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा कार्यक्रमले योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।

फाउन्डेसनले कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन कलाकार, संस्कृतिप्रेमी, शुभेच्छुक तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।